गगन लक्षित अनुशासन विभाग प्रमुख ढुंगानाको टिप्पणी- विधानविपरीत गए कारबाही हुन्छ

  • प्रकाशित मिति : २०८२ पुष १९, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय अनुशासन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी महाधिवेशनका सम्बन्धमा पार्टी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेकका निर्णय मान्य नहुने बताएका छन् ।

नेता ढुंगानाले पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत गएर पार्टी विधानको उल्लंघन गर्नेहरु जो कोही भए पनि कारबाही गर्न पछि नहट्ने बताएका छन् ।



उनले विशेष महाधिवेशनका नाममा हल बुक गर्ने लगायतका काम भएको बारे केन्द्रीय अनुशासन समितिमा औपचारिक रुपमा उजुरी नआएकाले कारबाही प्रकृया अघि नबढाएको बताए ।

‘उजुरी आएमा अनुशासनको प्रचलित मापदण्ड र पार्टी विधानअनुसार कारबाही हुन्छ,’ ढुंगानाले भने, ‘अनुशासन समितिले उजुरी प्राप्त गरेमा उजुरीउपर कारबाही गर्ने प्रचलन भएकाले उजुरी नआउँदासम्म के गर्ने भन्ने कुरा भएन, उजुरी आयो भने केन्द्रीय समितिको निर्णयविपरीत गएर पार्टी विधानको उल्लंघन गर्नेहरु जो कोही भए पनि कारबाही हुन्छ ।’