राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भोलि (आइतबार) दिउँसो १ बजे बस्नेछ।
बैठक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आयोजना हुने उनले जानकारी दिए। बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।