यी हुन् एकल सिफारिसमा परेका नेकपा एमालेका उम्मेदवारहरु

  • प्रकाशित मिति : २०८२ पुष २०, आईतवार
  • नेपाल टेल संवाददाता

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले धेरै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस गर्न एमालेले निर्वाचन क्षेत्रीय कमिटीहरूलाई पुस २० सम्मको समय दिएको थियो । यद्यपि, कतिपय कमिटीहरूमा छलफल जारी छ ।



एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ । १८ वटा क्षेत्रबाट भने एकजनाको नाममात्र सिफारिस गरिएको छ ।

यी हुन् नेकपा एमालेबाट एकल सिफारिसमा परेका उम्मेदवार :

कोशी

१. केपी शर्मा ओली, झापा ५

२.सुहाङ नेम्वाङ, इलाम २

मधेश

१. लीलानाथ श्रेष्ठ, सिरहा ३

२. लक्ष्मी महतो कोइरी, महोत्तरी १

३. हरि उप्रेती, सर्लाही ३

४. अजय गुप्ता, रौतहट १

बागमती

१. बद्री मैनाली, नुवाकोट १

२.मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)

गण्डकी

१. तिलक महत, नवलपुर २

२.मिलन गुरुङ, गोरखा २

लुम्बिनी

१. प्रदीप ज्ञवाली, गुल्मी १

२.सूर्य ढकाल, बाँके १

३. दलबहादुर सुनार, बाँके ३

४. विश्राम चौधरी, कपिलवस्तु १

कर्णाली

१. ध्रुव शाही, सुर्खेत १

२. कलाधर देवकोटा, सुर्खेत २

३. गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम

१.लेखराज भट्ट, कैलाली ४