जेनजी आन्दोलनको जाँचबुझ आयोगले लियो केपी ओलीको बयान

  • प्रकाशित मिति : २०८२ पुष २१, सोमबार
  • नेपाल टेल संवाददाता

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।

जाँचबुझ आयोग स्रोतका अनुसार आइतबार आयोगले उनको स्टेटमेन्ट लिएको हो । आयोगको टोली गुण्डुस्थित ओली निवास पुगेर बयान लिएको हो ।



आयोगको टोलीले आजै उनलाई पत्र काटेको थियो । पत्र बुझेपछि ओली आफ्नो भनाई राख्न तयार भएका हुन् । ओलीले लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ दिएका हुन् ।

यसअघि ओलीले आयोगलाई बयान दिन नजाने बताउँदै आएका थिए ।