मानव अधिकार आयोगमा रवि लामिछानेको दुई घन्टा बयान

  • प्रकाशित मिति : २०८२ पुष २३, बुधबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएर फर्किएका छन् ।

बुधबार साढे १ बजे बयान दिन पुगेका लामिछाने साढे ३ बजेसम्म ३ घण्टा आयोगको अनुसन्धान टोलीलाई बयान दिएर फर्किएका हुन् ।



अनुसन्धान टोलीका अनुसार जेनजी आन्दोलन तथा नख्खु कारागारबाट भागेको लगायतका विषयमा उनीसँग बयान लिइएको हो । उनले दिएको बयान आयोगले तयार पार्ने प्रतिवेदनमार्फत सार्वजनिक हुने जनाइएको छ ।