राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ठुलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना जारी गर्दै रास्वपाले विभिन्न पदका लागि ३ सय २० जना कर्मचारी मागेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तथ्याङ्क–आधारित निर्णय, रणनीतिक समन्वय, छिटो प्रतिक्रिया, प्रविधिमा आधारित डिजिटल क्याम्पेन रुम स्थापनाका लागि कर्मचारी माग गरिएको रास्वपाले जनाएको छ ।
निर्वाचन अभियानमा सहभागी हुन मिसन–केन्द्रित, नैतिक र उच्च कार्यसम्पादन क्षमता भएका व्यक्तिहरूले आवेदन दिने सकिने जारी सूचनामा उल्लेख गरिएको छ ।
रास्वपाका अनुसार राजनीतिक रणनीति, अनुसन्धान तथा विश्लेषण, डिजिटल मिडिया, फिल्ड अपरेसन, प्रविधि, प्रशासन र अनुगमन क्षेत्रमा विभिन्न पदहरूमा आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।




