समानुपातिक बन्दसूचीबाट उम्मेदवारले भोलि नाम फिर्ता लिनसक्ने

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकका लागि बुझाइएको बन्दसूचीबाट उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ ।

बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारले फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिनसक्ने जनाएको छ ।



आयोगले विहान १० देखि दिउँसो २ बजेसम्म नाम फिर्ता लिन सक्ने समय तोकेको छ ।

उम्मेदवार कारणवश उपस्थित हुन सक्ने अवस्था नभएमा वारेसमार्फत नाम फिर्ताका लागि निवेदन दिनसक्ने जनाएको छ ।