प्रतिनिधिसभा समानुपातिक सूचीबाट १६४ जनाकाे उम्मेदवारी फिर्ता

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीबाट सोमबारसम्म कुल १६४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

समानुपातिक सूचीबाट नाम फिर्ता लिने दल र उम्मेदवारको विवरण यस प्रकार छ:



उन्नत लोकतान्त्रिक पार्टी: २

गतिशील लोकतान्त्रिक पार्टी: १

जनता समाजवादी पार्टी (जसपा), नेपाल: २१

जनमत पार्टी: २०

नागरिक उन्मुक्ति पार्टी: १

नेकपा (एमाले): ५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी): ४

नेपाल जनता पार्टी: १

नेपाली कम्युनिस्ट पार्टी: २

नेपाली कांग्रेस: २

प्रगतिशील लोकतान्त्रिक पार्टी: १

राष्ट्र निर्माण दल: ४

राष्ट्रिय प्रजातन्त्र पार्टी: १२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): २

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा): ७८

संघीय लोकतान्त्रिक पार्टी: १

संयुक्त पार्टी: १

निर्वाचन आयोगले नाम फिर्ता भएका ठाउँमा राजनीतिक दलहरूले नयाँ उम्मेदवार सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ। यसपछि अन्तिम बन्दसूची प्रकाशन र उम्मेदवार नामावली अनुमोदन प्रक्रिया अघि बढ्नेछ।