नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो ।

महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापान समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको उनको भनाइ छ ।



कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् । त्यस्तै नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन् ।