गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै चुनावी तयारी तीव्र बनाएको छ। विशेष महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सभापति थापाकै संयोजकत्वमा निर्वाचन घोषणापत्र लेखन समिति गठन गर्ने निर्णय गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएअनुसार बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
यससँगै पार्टीका अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्काल सुरु गर्ने निर्णय भएको चालिसेले बताए। कांग्रेसले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाउने संकेत यस निर्णयबाट दिएको छ।