नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनको निर्णय नै पार्टीको सर्वापरी हुने दाबी गरेका छन्।
विशेष महाधिवेशनको निर्णय अध्यावधिक गराउनको लागि आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले विधान अनुसार नै विशेष महाधिवेशन गरेको दोहोर्याए।
आवश्यक कागजातसहित नेतृत्व परिवर्तनको अध्यावधिक गर्नको लागि आफूहरूले बुझाएको बताए।
उनले भने, ‘६ गते उम्मेदवारी मनोनयनको कुरा छ। त्यसैले भोलि ढिलोमा पर्सीसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ। हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौँ। बाहिर पनि सार्वजनिक छन्।’
उनले शेरबहादुर देउवाको हस्ताक्षर हटाएर आफ्नो अध्यावधिक गर्नको लागि बुझाएको समेत बताए। उनले विशेष महाधिवेशनबाट कार्यविधि पारित भइसकेपछि देउवा नेतृत्वको कार्यसमिति भंग भएको कुरा निर्वाचन आयोगलाई पहिल्यै जानकारी गराइसकेको बताए।