१६५ पदका लागि देशभर ३४ सय ८४ जनाकाे उम्मेदवारी

  • प्रकाशित मिति : २०८२ माघ ७, बुधबार
  • नेपाल टेल संवाददाता

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि ११ सय ८७ स्वतन्त्रसहित ६८ राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उम्मेदवारले उमेदवारी दर्ता गराएका छन् । यसमा राजनीतिक दलको तर्फबाट २३५ र स्वतन्त्रबाट १६० महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।



देशभर ३४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएकामा तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् । राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।