नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताएका छन्।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति बनेको छैन।’
उनले हिजो आफूलाई झापाबाट फर्किँदा विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरेर हैरान पारेको बताए।
उनले भने, ‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करीझैँ गरेर चेकिङ गरेर हैरान पारेको छ। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन। हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ रे।’
उनले सरकार आफूहरूलाई दुख दिने र अपमान गर्नतिर लागिरहेको बताए।