प्रचण्डको जिकिर- घोषणा भएका कोही पनि प्रधानमन्त्री हुँदैनन्

  • प्रकाशित मिति : २०८२ माघ १३, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने दाबी गरेका छन्।

भावी प्रधानमन्त्रीको रूपमा कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।



तर आज पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘जसले प्रधानमन्त्री घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन्।’

उनले रुकुम पूर्वमा आफ्नो चुनावी माहौल राम्रो रहेको र राम्रै हुँदै जाने समेत बताए।