गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो

  • प्रकाशित मिति : २०८२ माघ १४, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली कांग्रेसप्रतिको असन्तुष्टि भएको बताएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका उनले तराई मधेशकाका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्नेमा त्यसो गर्न नसक्दा नयाँ-नयाँ पार्टी र आन्दोलन पटक पटक जन्मिएको पनि उनले बताएका छन् ।



थापाले कांग्रेसले आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गरेर अघि बढिरहेको बताए । पछिल्लो समय पार्टीलाई नै कमजोर ठान्ने प्रवृत्ति बढ्दै जाँदा समस्या भएको उनले बताए ।

अन्य दलहरूसँग अनावश्यक गठबन्धन गर्ने अभ्यासले पार्टीलाई कमजोर बनाउँदै लगेको पनि उनले स्वीकारेका छन् ।

थापाले विभिन्न समयमा दलहरूसँग गठबन्धन गरे पनि मधेशकेन्द्रित मुद्दा मधेशका दललाई नै छाड्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको बताए । अब कांग्रेस सुध्रिएर मधेशका मुद्दामा केन्द्रित हुनुपर्ने पनि थापाले बताएका छन्।