दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि र कृत्रिम अभाव सिर्जना गर्न थालिएपछि अनुगमन बढाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल, चामल र एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको मूल्य वृद्धिका सम्बन्धमा सार्वजनिक रुपमा गुनासो उठेको भन्दै ध्यानाकर्षण भएको बताएको हो ।
खाद्यान्न तथा तेलका प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाएर छलफल गर्दै अनुचित नाफा नलिन र मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र अस्वाभाविक मूल्य असुल्ने फर्मलाई कारबाहीको चेतावनी दिइएको छ ।
