गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षालाई दृष्टिगत गर्दै चार पाङ्ग्रे सवारीसाधनको रुफ टप खोलेर र झ्याल बाहिर मुन्टो निकालेर चुनावी कार्यक्रम नगर्न निर्देशन दिएका छन् ।
बिहीबार देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई एकैपटक निर्देशन दिने क्रममा उनले त्यसो भनेका हुन् ।
रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले त्यस किसिमले चुनावी अभियान चलाएपछि गृहमन्त्री अर्यालले त्यस्तो निर्देशन दिएका हुन् ।
गुडीरहेको चार पाङ्ग्रे सवारी साधनबाट मुन्टो निकाल्दा दुर्घटना हुनेदेखि अन्य प्रकारका सुरक्षा चुनौती हुने उनको ठहर थियोे ।
गृह मन्त्रालयस्रोतका अनुसार मन्त्रीले बिहीबार दिएको निर्देशन नेपाल प्रहरीलाई परिपत्र भएको छ ।