काठमाडौं ३ को मतगणना शुरु, अन्य क्षेत्रमा के छ तयारी ?

  • प्रकाशित मिति : २०८२ फाल्गुन २१, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना शुरु भएको छ ।

कागेश्वरी मनहरा नगरपालिकाको वडा नम्बर १ र २ का बुथबाट गणना शुरु भएको हो । काठमाडौं ४ को गणना भने राति १२ बजेबाट शुरु गर्ने तयारी छ ।



क्षेत्र नम्बर १ को पनि केहीबेरमा गणना थालिने जनाइएको छ । भक्तपुर २ पनि राति नै गणना थाल्ने तयारी छ ।

राजधानी उपत्यका र अन्य केही सहरी क्षेत्रमा मध्यरातिसम्म गणना शुरु हुने सम्भावना छ । अन्य अधिकांश निर्वाचन क्षेत्रमा भने मतगणना भोलि बिहान र दिउँसोबाट मात्र शुरु हुने देखिएको छ ।

मतपेटिका संकलन गर्ने,सर्वदलीय बैठक बसेर सहमति गर्नेलगायतका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले धेरै क्षेत्रको मतगणना शुक्रवार बिहानदेखि मात्र थालिने देखिन्छ ।