रवि लामिछानेले भने– राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायलाई धन्यवाद

  • प्रकाशित मिति : २०८२ फाल्गुन २१, बिहीबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनाव सम्पन्न भएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई धन्यवाद भनेका छन् । निर्वाचन सम्पन्न भएलगत्तै सामाजिक सञ्जाल एक्समा लेख्दै उनले लोकतन्त्र बचाउने आधार नै निर्वाचन र लोकतन्त्रको रक्षक जनता रहेको उल्लेख गरेका छन् ।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, निर्वाचन आयोग, सम्पूर्ण सुरक्षा निकाय, कर्मचारीलगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।



लामिछानेले राष्ट्रलाई केन्द्रमा राखे लोकतन्त्र परिणाममुखी हुने बताएका छन् । नेताले भने जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्नुपर्ने धारणा उनले राखेका हुन् ।