तत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दाको बिहीबारको सुनुवाइ सकिएको छ।
न्यायाधीश सपना मल्ल प्रधान,सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ सकिएको हो। माघ २२ गतेदेखि सर्वोच्चमा उक्त मुद्दाको सुनुवाइ सुरू भएको थियो ।
माओवादीका पूर्वलडाकु लेनिन विष्ट लगायतले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण,क्षतिपूर्ति,न्याय लगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनेर अन्तरिम आदेशको माग गरेका छन् ।