आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, उम्मेदवारको नाम पेश गर्न ३ दिनको म्याद

  • प्रकाशित मिति : २०८२ फाल्गुन २८, बिहीबार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको छ ।

आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो ।



आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।

आयोग दलहरुलाई तीन दिनभित्र नाम पेश गर्न म्याद पनि दिएको छ ।