मध्यपूर्व र पश्चिम एशियामा चर्किएको युद्धको भारतबाट ग्यासको मूल्य वृद्धि भएर आएको छ । नेपाल आयल निगमलाई भारतले पठाएको नयाँ मूल्य सूची अनुसार मुल्य बढेर आएको हो ।
प्रति सिलिण्डर ग्यासको मूल्य अब एकैपटक २१६ वृद्धि भएर आएको हो । तर, नेपालमा भने पुरानै मुल्य कायम रहेको छ ।
विगतमा २४ अर्ब भुक्तानी बाँकी रहँदा आपूर्ति प्रणाली नै अस्तव्यस्त भएको थियो । निगमलाई अझै पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड घाटा नै रहने दाबी गरिएको छ ।