कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् ।
दोधाराचाँदनी नगरपालिका–४ को मान्या चौराहमा ५० वर्षका हरिप्रसाद श्रेष्ठले हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या गरेका प्रहरीले जनाएको छ ।
मंगलबार राति ९ बजेतिर घरायसी विवादका क्रममा हरिप्रसादले सौतेनी आमालाई हसिया प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
घटनापछि फरार भएका श्रेष्ठको खोजी भइरहेको उनले बताए ।