आज मौसम सामान्य सुधार हुने

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

आज छिटपुटबाहेक धेरैजसो ठाउँमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनका कारण पछिल्लो एक हप्ता बदली र वर्षा भइरहेकोमा आज मौसम सामान्य सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।



आज कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक–दुई ठाउँमा आज मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।