ओलीको दाबी- अब विचलन आउँछ, समाज ‘नेगेटिभ’ तिर गयो

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा ठूलो राजनीतिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने भन्दै समाजलाई ‘नेगेटिभ’ (नकारात्मकता) तर्फ अगाडि लगिएको भनेका छन् ।

बुबा स्व.मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका ओलीलाई भेट्न र समवेदना दिन पत्रकार संगठन प्रेस चौतारी नेपालको टोली उनको निवास गुण्डुमा पुग्दा उनले त्यसो भनेका हुन् ।



चौतारीका पत्रकारहरुसँग अलग्गै भेटका क्रममा उनले भने, ‘हामी आफ्नो दिमागले भन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ, हामी गुण्डु पुग्यौँ भन्ने कुरा फोटो हालिसकेपछि (सामाजिक सञ्जालमा) सोच्नुपर्ने अवस्था भयो ।’