कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी शुक्रबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।



बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

निर्वाचनमा हार बेहोरेको कांग्रेसले चुनावी समीक्षाका लागि बैठक बोलाएको हो ।