नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा छलफलका लागि दुई प्रस्ताव पेस भएका छन्।
सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा छलफलको प्रस्ताव पेस भएको हो।
छलफलका लागि सभापति थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षाबारे उल्लेख छ। कांग्रेस बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय लिने तयारी गरेका छन्।