रास्वपा संसदीय दलको नेतामा बालेन साह चयन

  • प्रकाशित मिति : २०८२ चैत्र १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् ।

रास्वपाको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।



बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता साहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।