नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।
अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन ।
आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोसाथ हेरिएको छ ।