केपी ओली पक्राउको विरोधमा आज पनि काठमाडौंमा एमालेको प्रदर्शन

  • प्रकाशित मिति : २०८२ चैत्र १५, आईतवार
  • नेपाल टेल संवाददाता

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि काठमाडौं प्रदर्शन सुरु गरेको छ ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् । एमालेका कार्यकर्ताहरूले हिजो (शनिबार) देखि नै प्रदर्शन गरेका थिए ।



एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने बताएका छन् ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको दमन प्रकरणमा त्यसबेला प्रधानमन्त्री रहेका एमालेका अध्यक्ष ओली र कांग्रेस नेता गृहमन्त्री रहेका रमेश लेखकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।