अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई घुससहित पक्राउ गरेको छ।
कमला–ढल्केवर–बाग्मती सडक खण्डमा सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै घुस माग्ने गरेको उजुरीका आधारमा निगरानीपछि उनलाई पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।
अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकोे छ।