पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

  • प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।



पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।