राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

  • प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

राष्ट्रियसभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट उनले शपथ लिएकी हुन् ।



एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।