लक्जम्बर्ग, युके र अजरबैजान पठाउने भन्दै लाखौँ ठगी, ३ जना पक्राउ

  • प्रकाशित मिति : २०८३ बैशाख ५, शनिबार
  • नेपाल टेल संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(३२ बस्ने दोलखा घर भएका २४वर्षीय आङ मिङमार शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौं महानगरपालिका(४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।



पक्राउ मध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएा थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आङ मिङमारलाई काठमाडौं महानगरपालिका(२ बाट, सुनितालाई काठमाडौं महानगरपालिका(२८ बाट र बाल कुमारीलाई काठमाडौं महानगरपालिका(४ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।