लन्डन। बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको शहर अल्डरसटमा एक नेपाली वृद्धा सम्पर्कविहिन भएकी छन् ।
अल्डरसट बस्दै आएकी ८१ वर्षीया वृद्धा सोमबारदेखि सम्पर्कविहीन बनेको स्थनीय नेपाली संस्था जीआरएनसीले जनाएको छ ।
सेतो कपाल र करिब ५ फिट उचाइ रहेकी ती वृद्धा सोमबार २० अप्रिलबाट अल्डरसट हाई स्ट्रिट क्षेत्रबाट सम्पर्कविहीन भएको जनाइएको छ । उनी सम्पर्कविहिन हुनुअघि पछिल्लोपटक देखिंदा लामो कालो ज्याकेट लगाएकी थिइन् ।
सम्पर्कविहिन वृद्धा कमजोर र जोखिमयुक्त अवस्थामा भएकाले अलमलिएको वा अत्तालिएको अवस्थामा हुन सक्ने ठानिएको छ ।
उनलाई देखेमा तुरुन्तै प्रहरी, आपतकालीन सेवाहरु वा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा खबर गरिदिन आग्रह गरिएको छ।