विद्यार्थीहरु महंगी र विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
बिहीबार काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले महंगीविरुद्ध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले बढ्दो ‘महंगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गर’ लगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।

