लन्डन । बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ तारिखमा हुने भएको छ ।
मैदान अभावलगायत कारण देखाउँदै प्रतियोगिताको मिति दोस्रो पटक सार्दै जुन ६ मा पुर्याइएको हो । २९ अप्रिल २०२६ मा बसेको बैठकले पाँचथर कप ६ जुनलाई सार्ने निर्णय गरिएको आयोजक पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङले जानकारी दिनुभयो ।
यसअघि मे २ र ९ का लागि उक्त फुटबल प्रतियोगिता तय गरिएको थियो । यसपाली मेन टीम, भेट्रेन र सुपर भेट्रेन गरी तीन समूहमा खेलाइनेछ ।
प्रतियोगिता लन्डनस्थित फेल्थाम खेल मैदानमा सम्पन्न हुनेछ ।