सरकारले कार्यसम्पादनमा ढिलाइ नहोस् भनेर अध्यादेशको बाटो रोजेको कानुनमन्त्रीको दाबी

  • प्रकाशित मिति : २०८३ बैशाख २०, आईतवार
  • नेपाल टेल संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले हालै जारी गरेका अध्यादेशको प्रतिरक्षा गरेकी छन् ।

अध्यादेशको आलोचना भइरहेका बेला मन्त्री गौतमले भिडियो सन्देश जारी गरी अध्यादेशको प्रतिरक्षा गरेकी हुन् । उनले सरकारले कार्यसम्पादनमा ढिलाइ नहोस् भनेर अध्यादेशको बाटो रोजेको दाबी गरेकी छन् ।



कानुनमन्त्री गौतमले संसदीय प्रक्रिया निकै लामो हुने भएकाले कतिपय काम तत्काल अघि बढाउन अध्यादेश आवश्यक भएको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘संसदीय प्रक्रियाबाट कानुन बनाउन लामो समय लाग्ने देखिएकाले सरकारले छिटो काम गर्न अध्यादेश ल्याएको हो ।’