सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रतिबद्धता

  • प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार
  • नेपाल टेल संवाददाता

निजी विद्यालयका छाता संगठन प्याब्सन, एन-प्याब्सन, हिसान र एपेनले सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रतिबद्धता जनाएका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनहरूले प्रभावित तथा वास्तविक सुकुमवासी परिवारका बालबालिकालाई नजिकका निजी विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था मिलाइने बताएका छन्।



आवश्यकताअनुसार आवास र यातायातको व्यवस्था गर्नेसमेत तयारी रहेको जनाउँदै उनीहरुले बालबालिकाको शिक्षामा अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो पहल गरिएको उल्लेख गरिएको छ।