नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

  • प्रकाशित मिति : २०८३ बैशाख २४, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको हो।



यसअघि कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम पदमुक्त भएका थिए।

नयाँ नियुक्तिसँगै प्राधिकरणको नेतृत्व अस्थायी रूपमा श्रेष्ठको हातमा गएको छ।