एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिनेछ रिजल्ट

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै नतिजा हेर्न सकिने विभिन्न माध्यमबारे जानकारी दिएको हो ।

कार्यालयका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ । विद्यार्थीहरूले मोबाइलबाट सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सक्नेछन् ।



एसएमएस र आईभीआर सेवा

नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)

जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा)

एम्बिसन गुरु : ३१०६९ (SMS सेवा)

वेबसाइटमार्फत नतिजा हेर्न सकिने ठेगाना

SEE Result – see.gov.np

National Examination Board

नेपाल टेलिकम SEE Result

लगायतबाट हेर्नसकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विस्तृत मार्कसिट समेत अनलाइनमार्फत हेर्न सक्ने जनाएको छ ।