सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा सञ्चालन गर्ने सदस्य मनोनीत गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए । मनोनीत हुनेमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन् ।