सरकारी कार्यालयहरुलाई अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार
  • नेपाल टेल संवाददाता

सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।



मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरुलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ ।