उपत्यकाका ९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना नियन्त्रणमा

  • प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार
  • नेपाल टेल संवाददाता

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ ।

कार्यालयले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको जनाएको छ । छापाका क्रममा ६९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।



कार्यालयका एसपी रामेश्वर कार्की का अनुसार पक्राउ परेकामाथि स्क्रिनिङ गरी थप अनुसन्धान अघि बढाइनेछ ।

प्रहरीले शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।