वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

  • प्रकाशित मिति : २०८३ जेष्ठ ५, मंगलवार
  • नेपाल टेल संवाददाता

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईँ आज पर्सा पुगेका थिए ।



भोलि उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।