जगदीश खरेलको अभिव्यक्तिपछि विपक्षी भड्किए अनि १५ मिनेट स्थगित भयो प्रतिनिधिसभा बैठक

  • प्रकाशित मिति : २०८३ जेष्ठ १२, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षीबीच चर्को विवाद र आरोप–प्रत्यारोप भएपछि स्थिति तनावपूर्ण बनेको छ।

पर्यटन विधेयकको सैद्धान्तिक छलफलका क्रममा रोस्टममा पुगेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले विपक्षी दलको विरोधलाई ‘तमासा’ भनेर टिप्पणी गरेपछि संसद्मा हंगामा भएको हो।



खरेलको अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित हुँदै विरोधमा उत्रिएका थिए। स्थिति चर्किएपछि सत्तापक्ष र विपक्षीबीच धकेलाधकेल र होहल्लासमेत भएको थियो।

विपक्षी दलको तीव्र विरोधका कारण बैठकको कार्यसूची अघि बढ्न नसकेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।