सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर बनाएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता बढाउने घोषणा गरेका हुन् ।
उनले स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।