प्रतिनिधि सभामा आज बजेटमाथि छलफल सुरु हुँदै

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकको प्रारम्भमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।



त्यसपछि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु हुनेछ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रस्ताव पेश भएसँगै सदनमा बजेटमाथिको छलफल औपचारिक रूपमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।