वीरगञ्ज महानगरका मेयर पक्राउ

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ गरेका छन् ।

उनलाई मंगलबार बिहान सवा ६ बजे ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



मेयर सिंहविरुद्ध १२ जेठमा लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

स्थानीय लियाकत अली मेयरसिंहसहित तीन जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।