रास्वपा सभापति रवि लामिछानेले आज भाजपा अध्यक्षसँग भेटवार्ता गर्दै

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न भेटघाट गर्ने भएका छन् ।

लामिछानेले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका छ।



भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।